देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेद्वारा आजको संसद् बैठक पनि अवरोध

देशान्तर

काठमाडौं – नेकपा एमालेले आज पनि संसद् बैठक अवरोध गरेको छ। सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।

एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्।

एमालेको अवरोधबीच सभामुखले पेलेरै संसद अगाडि बढाइरहेका छन्।

आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ। सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको हो। प्रमुख प्रतिपक्षीको विरोधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेको थियो।