देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार साढे २ बजेका लागि बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जाकारी दिए ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र प्रमुखहरूसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्‍वान गरेका हुन्। एमालेले गरेको माधव नेपालसहित १४ सांसदको कारबाही रोकेको भन्दै निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।

एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न सभामुखले आग्रह गरेका छन्। एमालेको अवरोधपछि मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्। सोही विषयमा छलफलको लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।