देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा ९११ संक्रमित थपिए, १३ जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार ८७८ जनाको पीसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ९४९ पुगेको छ।