देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘नेपालकै आग्रहमा एमसीसी आएको हो : एमसीसी उपाध्यक्ष

देशान्तर

काठमाडौँ — नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको यो अनुमोदन नभई कार्यान्वयनमा नजाने बताएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई भटेकी सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेकी छन् । उनले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।

चार दिने भ्रमणमा आएकी उनले आइतबार पत्रकार सम्मेलन गर्दै भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको उल्लेख गरिन् ।