देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्दको निर्विरोध चयन

देशान्तर

 

कञ्चनपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् ।राप्रपाका युवा नेता उनि आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिए । उनले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै अब युवा नेतृत्वको वर्चश्व रहेको बताए ।

अधिवेशनमा राप्रपाका केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तीर्थराज चटौत, हिक्मतसिंह भण्डारी र रणबहादुर बलायरलगायतको सहभागिता रहेको थियो ।