देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।

सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी हिजो नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताएका हुन् ।

ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने जानकारी दिए ।

एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गरेका दललाई बोलाइएको छ । यता, एमाले मुख्य सचेतक विशाल भट्टराईले बैठकमा जाने–नजाने टुंगो भइनसकेको बताए ।