काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहित १४ सांसदको कारवाही रोकेको विषयमा एमालेले बैठक अवरोध गरेको हो।
सभामुखको भूमिकालाई लिएर पार्टीको तर्फबाट सदनको दुवै बैठक चल्न नदिने निर्णयअनुसार राष्ट्रियसभाको बैठक पनि उठेर विरोध जनाएको सांसद भैरव सुन्दर श्रेष्ठले बताए। उनले भने, ‘अध्यादेश ल्याएर पार्टी फुटाउन सहयोग गर्नुभएको हो। सभामुखले गैरसांसदलाई सदनमा राखेर बैठक चल्न सक्दैन। त्यसका लागि सभामुखले चित्तबुझ्दो जवाफ दिनुपर्छ।’
बैठकमा व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७५ सम्बन्धी समितको प्रतिवेदन र अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन्। विधेयक पेश गरेपछि अध्यक्ष गणेश तिमल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।





प्रतिक्रिया