देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित

देशान्तर

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक – २०७८ पारित गरेको छ ।

राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर, अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक– २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।

सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको अध्यक्ष तिमिल्सिनाले घोषणा गरे ।