देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली जनता श्रमजीवीको सत्ता चाहन्छन् : विप्लव

देशान्तर

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रघाती एमसीसी सम्झौता नमान्ने बताएका छन्। सोमबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित विरोध सभामा उनले एमसीसी सम्झौता जबरजस्ति लादिन खोजेकाले खारेज गर्नुपर्ने धारणा राखेका हुन्।

उनले भने, ‘एमसीसी नेपालको स्वतन्त्रताका विरुद्ध छ। सार्वभौमिकताका विरुद्ध छ। जनताका अधिकारका विरुद्ध छ।’

उनले नेपाली जनताको अधिकारलाई कतैबाट हनन गरिए दलाल सत्ताका विरुद्ध लड्ने घोषणा गरे। ‘नेपाली जनता श्रमजीवी सत्ता चाहन्छन्। प्रधानमन्त्री कार्यालय बेचेर खाने यहाँ छन्।’ उनले भने ‘साम्राज्यवादीहरुका नङग्रा गाँडिन थालेको बेला हामी लडेका मान्छे हौं। हाम्रो मुटुमा हाम्रो देश छ। सुन्दर नेपाल बनाउने सपना छ।’

उनले सरकारले आफ्नो पार्टीलाई प्रतिबन्ध गरेर गलत गरेको बताए। उनले भने,‘हामीले भन्यौं प्रतिबन्ध गलत छ। तपाईहरुको प्रतिबन्ध सत्यको आवाजका विरुद्धको प्रतिबन्ध हो। तर, हामी झुकेनौं।’