देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठक आज बस्दै, एमाले अवरोध गर्ने पक्षमै

देशान्तर

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ ।

संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।

आज पनि संसदमा एमालेले अवरोध गर्ने संभावना छ ।

आफुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस गर्नुपर्ने माग एमालेले राख्दै आएको छ ।

एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप एमालेकै सांसदहरूले लगाएका छन् । एमाले विभाजन भई माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।

यसअघिका बैठकमा अवरोधकै बीच सरकारले विभिन्न विधेयक पेस गरेको थियो ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।