काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।
बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ । सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।
एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ ।





प्रतिक्रिया