देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘एकादेशको कथा’ मा रोमान्टिक देखिए लक्ष्मी र पूर्ण

देशान्तर

काठमाडौँ – गायक हिमाल सागर अमेरिकाको म्युजिकल टुर सकेर नेपाल फर्किसकेका छन्। उनी अमेरिकामा भएको बेला निर्माण भएको ‘एकादेशको कथा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक हिमाल सागरले नै संगीतवद्ध गरेको यस गीतमा श्याम पराजुलीको शब्द रहेको छ। संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन्। रोमान्टि भर्सनको गीतमा पूर्ण लम्साल र लक्ष्मी ओली बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको हो। अमेरिककामा पनि नेपाली टिमले स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने उदाहारण यो भिडियोले प्रस्तुत गरेको निर्माण टिमको भनाइ छ। प्रविन मानन्धरले सम्पादन गरेको यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन्।