देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो ।

राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो ।

भेटमा भएको छलफलको विषय खुलेको छैन । तर, ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।