देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डडेलधुरा वडा अधिवेशन विवाद : निर्वाचन समितिको ध्यानाकर्षण गराउँदै पौडेल समूह

देशान्तर

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुराका वडा अधिवेशनका सन्दर्भमा निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने भएको छ । पौडेल समूहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुनः अधिवेशन गराउन माग गर्दै आएको छ ।

बिहीबार केन्द्रीय निर्वाचन समितिका पदाधिकारीलाई भेटेर समेत त्यसबारे ध्यानाकर्षण गराउन लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए । निर्वाचन समितिलाई ध्यानाकर्षण गराउन पौडेल समूहका नेताहरु दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालय जाँदैछन् ।

‘क्रियाशील सदस्यको विवाद र जिल्ला सभापति कर्णबहादुर मल्लसहितको असहमतिका बीच भएको अधिवेशन हामीलाई स्वीकार्य छैन । हामीले यसअघि पनि पुनः वडा अधिवेशन गराउन भनिसकेको छौँ, त्यही विषयमा केन्द्रीय निर्वाचन समितिलाई समेत ध्यानाकर्षण गराउने र पुनः वडा अधिवेशनको माग गर्ने हो,’ ती नेताले भने ।

वरिष्ठ नेता पौडेल महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु अर्जुननरसिंह केसी, शेखर कोइराला, मिनेन्द्र रिजाललगायत नेताहरु निर्वाचन समितिसँग छलफल गर्न केन्द्रीय कार्यालय जाँदैछन् ।