देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेठ २ मा फर्किने कुरालाई यान्त्रिक रुपमा मात्र बुझ्न हुँदैन: ईश्वर पोखरेल

देशान्तर

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै नभएको बताएका छन् । आज (बिहीबार) काठमाडौं जिल्ला कमिटीको भेलामा बोल्दै उनले १० बुँदे सहमति रचनात्मक ढंगले कार्यान्वयन गर्ने बताए ।

‘१० बुँदे सहमति सुझावको रुपमा आयो । पार्टी केन्द्रले यही स्प्रिटका साथ स्वीकार गरिएको हो । त्यहाँ उल्लेखित सुझावलाई सिर्जनात्मक र रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिबद्धता हो र त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व पछि हट्दैन्’, उनले भने, ‘आजको एमाले जेठ २ गतेको एमाले मात्रै होइन । विकसित र एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नु पर्छ । यान्त्रिक ढंगले २०७५ जेठ २ गते मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न सकिँदैन ।’ महासचिव पोखरेलले जेठ २ को बुझाइमा एक रुपता हुनुपर्ने बताए ।

पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने र भइरहेको भन्दै माओवादीसहितको एकताको एमाले हो भनेर नबुझ्ने हो भने पार्टी बलियो नहुने प्रष्ट पारे । महासचिव पोखरेलले आजको मुलुक एमाले र एमाले विरोधी दुई ध्रुवमा विभाजित भएकाले सुदृढ एमाले आवश्यक रहेको बताए ।