देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड– माधवको दक्षिणपन्थी विसर्जन भयो : बादल

देशान्तर

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने दावी गरेका छन् ।

एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले प्रचण्ड(माधवलाई दक्षिणपन्थीको संज्ञा दिदै उनीहरूले पुँजिवादीहरूको सहकार्यमा कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताए ।

बादलले भने, ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।’

बादलले एमालेले आगामी चुनावमा सबै तहका सरकारको नेतृत्व लिइने भन्दै विचलित नहुन कार्यकर्तालाई आह्वान गरे ।