देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

देशान्तर

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

मोदीको ७१औं जन्मदिनको अवसरमा देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् । ट्विटरमा मोदीलाई मेन्सन गरी जन्मदिनको शुभकामना दिँदै देउवाले लेखेका छन्,‘यसले राम्रो स्वास्थ्य र थप सफलता ल्याउन सक्छ ।’

यस वर्ष भारतीय प्रधानमन्त्री मोदीले काशीमा ७१ हजार दियो बालेर जन्मदिन मनाउँदैछन् । उनले बनारसस्थित भारत माता मन्दिरमा दियो बाल्ने कार्यक्रम राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै १४ करोड बोरा खाद्यान्न वितरण गरिनेछ । उक्त बोरामा धन्यवाद मोदीजी लेखिएको छ । त्यस्तै भारतभर मोदीको फोटोसहितका ५ करोड पोस्टकार्ड हुलाकमार्फत वितरण गरिने जनाइएको छ । मोदीको जन्मदिनमा केही अनावश्यक कार्यक्रम राखिएको भन्दै आलोचना पनि भइरहेको छ ।