देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरुवा बन्दुकसहित पक्राउ

देशान्तर

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिका – ५ का ४३ वर्षीय जगतबहादुर लिम्बु भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार जगतको घरमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।