दाङ – १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनार र सोही उपमहानगरपालिका– ११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।





प्रतिक्रिया