देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जाजरकोटको चाँदे हिमालमा तीर्थ गएका एकको मृत्यु

देशान्तर

जाजरकोट– जुनिचाँदे गाउँपालिका–१ बाट वडा नं ७ को चाँदे हिमालको नदैडाबमा तीर्थयात्रामा गएका एक जनाको मृत्यु भएको छ।

तीर्थयात्रा जाँदा हावाहुरीले हिमालमा हुत्याउँदा जुनिचाँदे–१ काब्राका औवान रावतको मृत्यु भएको छ भने लोकबहादुर रावत गम्भीर बिरामी भएको गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले जानकारी दिइन्।

भदौ ३० गते २५ गाउँले तीर्थ गर्न चाँदे हिमालको नदैडाब गएको आचार्यले बताइन्। अहिले शव र बिरामीलाई तीर्थ गएका स्थानीयले बोकेर धननाँसीमा ल्याएका छन्।लोकबहादुर सिकिस्त रहेको उनले बताइन्। यता जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले यसबारे बुझ्न प्रहरी पठाएको बताए।