देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक बस्दै

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

तुल्सीलाल प्रतिष्ठान च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको उनले जानकारी दिए । संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ । आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने तामाङले बताए । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।