देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाबाट बजेट पारित

देशान्तर

काठमाडौँ — विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८र०७९ को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ । अध्यादेशको समय गत बुधबार सकिएपछि खर्च गर्न बन्देज लागेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कोभिड–१९ प्रभावितको जीवनरक्षा र शिथिल अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका थिए ।

 

अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । सरकारले कोभिड १९ खोप खरिदको स्रोतको अभाव नहुने जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट अध्यादेश ल्याएका थिए ।