देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पेस हुने

देशान्तर

काठमाडौं – राष्ट्रिय सभाको बैठक आज ९मंगलबार० बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुनेछ । दलहरुबीच सहमति भएमा सम्भवतस् आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन् । राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्ताव समेत राख्ने सुविधा हुन्छ । सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुनेछ । त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउने छ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि विधेयक कार्यान्वयनमा आउने छ ।

त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ । हिजोको प्रतिनिधि सभा बैठकमा एमालेको अवरोधकाबीच विनियोजन विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक पर्सी बोलाइएको छ । अबको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पनि पारित गर्ने तयारी छ ।