देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ढलमा खसेर बालक बेपत्ता

देशान्तर

काठमाडौँ – काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।