देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डले डाके माओवादी केन्द्रको स्थायी कमिटी बैठक

देशान्तर

काठमाडौं – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाउनु भएको हो ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

उहाँका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।

यसअघि, पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइए पनि स्थायी कमिटी बैठकमा छलफल गरेरै टुंगोमा पुग्न लागिएको हो । मन्त्रीको नाम टुंग्याएर आजै सरकारमा पठाउने आन्तरिक तयारी छ ।