देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनेरास्ववियू क्रान्तिकारी कर्णाली प्रदेश नेतृत्वमा ३ जनाको दावी

देशान्तर

सुर्खेत – नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तीकारीको पहिलो कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले ९५ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय गरे पनि पदाधिकारीको टुंगो भने लगाउन सकेको छैन । अध्यक्षमा तिर्सना हमालले दावी गरेकी छन् । त्यस्तै सुर्खेतका राजेन्द्र बुढा र डोल्पाका योगेन्द्र बुढा पनि अध्यक्षका आकांक्षी छन् ।

महिलालाई अध्यक्ष बनाउनुपर्ने भन्दै समावेशिताको आवाज जोडतोडका साथ उठेको छ । त्यस्तै सुर्खेतले प्रदेश अध्यक्ष पाउनुपर्छ भनेर वाईसीएल सुर्खेतले राजेन्द्र बुढाको समर्थनमा लबिङ गरिरहेको छ ।

‘अहिलेसम्म सहमति भइसकेको छैन । तीनैजना अध्यक्षका आकांक्षीले दावी छाडेका छैनन् ’, अनेरास्ववियूका एक सदस्यले भने, ‘हामीले महिलालाई नै नेतृत्व दिउँ भनेर भनेका छौं तर नेतृत्वको दबाबले सहमति भएको छैन । ’उनका अनुसार १० जिल्लाबाट ९५ जना सदस्यहरू छानिएका छन् ।

असोज ३ गते शुरू अधिवेशनको उद्घाटनमा प्रदेश इन्चार्ज शक्ति बस्नेत, संगठनका केन्द्रीय अध्यक्ष रन्जित तामाङ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत सहभागी थिए ।