देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दैछन्। प्रधानमन्त्री देउवाले बुधबार खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो। अन्य मन्त्रालयको भागबण्डाका बारेमा छलफल भएपनि सत्ता गठबन्धन टुंगोमा पुग्न सकेन। परराष्ट्रमन्त्रीविहिन अवस्थामा रहँदा अन्तर्राष्ट्रिय स्तरमा मुलकको छबिमाथि नै प्रश्न उठन थालेपछि सत्ता गठबन्धन दलले अन्य मन्त्रालयलाई बाँकी राखेर परराष्ट्रमन्त्रीको टुंगो लगाएको हो।

परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेको झण्डै दुई महिनापछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।