देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

देशान्तर

काठमाडौँ – बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो ।

पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो ।

लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले खोजीलाई तीब्रता दिएको थियो । सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने सीआईबीका डिआइजी धिरजप्रताप सिंहले बताए ।