देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भीरबाट लडेर आमा–छोरीको मृत्यु

देशान्तर

रोल्पा – रोल्पामा भीरबाट लडेर आमा छोरीको मृत्यु भएको छ । बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्ध तलाउमा मृतावस्थामा फेला परेका छन् । डुडुवा १ बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी–६ भुरीडाँडा जंगलको तलाउमा मृत्त अवस्थामा फेला परेका हुन् ।

घरबाट मालपोत कार्यालय नेपालगञ्ज जान्छु भनि हिँडेका उनी घर परिवारको सम्पर्कमा आएका थिएनन् । उनको शव तलाउमा फेला परेपछि प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।