देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४० किलो चाँदीसहित एक युवक पक्राउ

देशान्तर

काठमाडौं – रौतहटको गौर नगरपालिका-४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदीसहित सर्लाही मलंगवा नगरपालिका-२ का ३५ वर्षीय विद्यानन्द साह सोनार पक्राउ परेका छन्।

मंगलबार बिहान काठमाडौं गौर चल्ने ज्वाला रात्रि सेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट चाँदी बरामद गरेको थियो।

उनलाई चाँदीसहित आवश्यक कारवाहीका लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको प्रहरीले बताएको छ।