देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीतिक दलका कार्यकर्ता भएकै आधारमा राजदूत नियुक्त गर्नु हुँदैन : परराष्ट्रमन्त्री खड्का

देशान्तर

काठमाडौँ – परराष्ट्रमन्त्री नारायण खड्काले कुनै राजनीतिक दलको नेता कार्यकर्ता भएकै आधारमा राजदूत नियुक्त गर्न नहुने बताएका छन् । उनले देशको प्रतिनिधित्व गर्ने र मुलुकको राष्ट्रिय हितमा हुने गरी राजदूतको नियुक्ति गर्नुपर्नेमा जोड दिए ।

‘राजदूत भनेको दलीय हिसाबमा कुनै खास विशेष आधारमा नियुक्त गरेर पठाउने होइन । कुनै देशमा हामी राजदूत पठाउँछौँ भने त्यो देशको संस्कृति, संस्कार जानेको, अन्तर्राष्ट्रिय भाषाको ज्ञान चाहियो नै १ र, कूटनीतिक अवस्थालाई थाहा पाएर नेपालको हितलाई प्रवर्द्धन गर्न सक्ने विश्वास र क्षमता भएको साथी हो । त्यस्तो खालका साथीहरुलाई राजदूत बनाउँदा हुन्छ, ’ मन्त्री खड्काले भने ।

राजदूत छनोट गर्दा धेरै कुराहरु ध्यान दिनुपर्ने उनले बताए । ‘टेबलमा खाना खाँदा काँटाचम्चा चलाउनेदेखि लिएर ड्रेस कोड बुझेको, धेरै धेरै कुराहरु जानेको मान्छे हुनुपर्छ, ’ उनले भने, ‘कतिपय ठाउँमा लबी गर्नुपर्ने हुन्छ, डिप्लोमेटिक मेटिङहरुमा जानुपर्ने हुन्छ । यी सबै सीप भएका व्यक्तिहरुलाई सिफारिस गर्दा राम्रो हुन्छ भन्ने मेरो विचार हो ।’

उनले आफू फर्किएपछि मात्रै राजदूत नियुक्तिका विषयमा छलफल हुने बताए । ‘म फर्किएर आइसकेपछि कुन देशमा कसलाई पठाउने रु कसलाई पठाउँदा उपयुक्त हुन्छ रु त्यो देशमा हाम्रो साझा हितका विषयहरु के के छन् रु यी सबै कुराहरुलाई ध्यान दिएर छनोट गर्नुपर्ने हुन्छ, ’ उनले भने ।

मन्त्री खड्का पदभार ग्रहण गरकै दिन अर्थात् बुधबार नै संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिन अमेरिका प्रस्थान गर्दैछन् ।