देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पौडेल पक्षको निष्कर्ष : यही अवस्थामा कांग्रेस अघि बढ्न सक्दैन

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले यही अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ।

देउवाले बोलाएको पदाधिकारी बैठकअघि बसेको रामचन्द्र पौडेल समूहको बैठकपछि नेतृ सुजाता कोइरालाले भनिन्, ‘पार्टीमा जताततै विवाद उत्पन्न भइरहेको छ। साथीहरू अनशन बस्नुभएको छ। अधिवेशनमा उस्तै विवाद छ। यही अवस्थामा पार्टी अघि बढ्न सक्दैन।’

पार्टीभित्रको विवादको विषयमा गम्भीर छलफल भएको बताइन्। बैठकमा जिल्ला जिल्लाबाट आएका नेताहरूको कुरा सुन्दा पार्टी नराम्रो अवस्थामा गइरहेको बुझिएको बताइन्।

नेतृ कोइरालाले भनिन्, ‘अहिले उहाँहरूको मिटिङ छ। मन्त्रिपरिषद् चयन गर्दा हामीलाई कुनै छलफल छैन। उहाँले ४ वटा मन्त्री बनाइसक्नुभयो कुनै छलफल भएको छैन। त्यसमा सबैको असन्तुष्टि छ।’

पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा नेतृत्व गम्भीर नबन्दा पार्टी कमजोर बन्दै गइरहेको उनले बताए। सरकारमा जाने व्यक्ति र सरकारलाई पूर्णता दिने विषयमा पनि बैठकले दबाब दिने उनले बताइन्।