देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को हिजोदेखि जारी पहिलो केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । भोलि बिहान ११ बजेदेखि पुनस् बस्ने गरी बैठक स्थगित गरिएको हो ।

अहिले ५ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक डाकिएकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल गठबन्धन बैठकतिर लागेका छन् ।

हिजो अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलमा उठेको जवाफमा नेता नेपालले आज जवाफ दिएका थिए । यहि बैठकले महासचिव पनि टुंगो लगाउने नेकपा एसका नेता राजेन्द्र राईले जानकारी दिए ।

नेकपा एसको मूख्य एजेण्डा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार, कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक विषयलगायत थिए । त्यस्तै तीन अहिने संगठन विस्तार अभियानलाई पनि प्राथमिकतामा राखिएको छ ।