देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशनको तालिका फेरि परिवर्तन, दशैंअघि पालिका अधिवेशन मात्रै

देशान्तर

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो ।

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दशैं अगाडि पालिका तहको अधिवेशन मात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ । ‘९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्व निर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।’

कांग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।