देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रूपामाथि जातीय विभेद घटना : घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न आदेश

देशान्तर

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको र धरौटी बुझाएर प्रधान रिहा भएकी काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटानीले जानकारी दिए ।

बुधबार थुनछेकको बहस सकेर अदालतले निर्णय सुनाएको हो । गत असार १ गते कोठा खोज्न गएकी रुपाले आफू दलित समुदायको भएको भनेपछि घरभेटी प्रधानले कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् ।

त्यसपछि सुनारले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले प्रधानलाई पक्राउ गरेपनि उनी केही दिनमै थुनामुक्त भएकी थिइन् । रुपाले घरबेटी प्रधानसहित तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई समेत विपक्षी बनाएर रिट दायर गरेपछि

सर्वोच्चले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रधानविरुद्ध मुद्दा दायर गरेको थियो ।