देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशन : ९ गतेकाे पालिका अधिवेशन बाहेक अरु दशैंपछि

देशान्तर

नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ ।

चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको छ ।

हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको हो ।

प्रकाशित कार्यतालिका अनुसार असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गरिसक्ने योजना थियो ।

तर केही जिल्लामा क्रियाशिल सदस्यता विवदा मिलाउन हम्मे परेपछि अन्य तहको अधिवेशन पनि प्रभावित बन्ने भएका हुन् ।

हिजोको बैठकमा असोज ९ गतेका लागि निर्धारण भएको पालिकास्तरीय अधिवेशन यथावत राख्दै अन्य कार्यतालिका दशैं पछि सार्ने निर्णय भएको हो ।