देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एसको महासचिवमा बेदुराम भुसाल, झाँक्री पनि सचिव बन्दै

देशान्तर

काठमाडौँ — एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले बेदुराम भुसाललाई महासचिव, रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । नेकपा एसको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा समझदारी बनाएको हो ।

पहिलो केन्द्रीय कमिटीको जारी बैठकमा अब स्थायी कमिटीले तय गरेको प्रस्ताव पेस हुने प्रचार विभाग प्रमुख जगन्नानाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७-७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये एक झाँक्री पनि हुनेछिन् ।

महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वाला लगायतका नेताहरूले दाबी गरेका थिए । त्यसमध्ये पाण्डे र भुसालबीच पछिल्लो समयमा बढ्ता रस्साकस्सी चलेको थियो । पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री पार्टीको संगठन सञ्चालनमा कम्युनिस्ट पार्टीमा महासचिवको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

भुसाल एमालेभित्र सधै माधव नेपाल निकट भएर काम गरेका नेता हुन् । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत रहेका भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।