देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैतडीमा एक व्यापारी मृत भेटिए, हत्याको आशंका

देशान्तर

 

बैतडी – बैतडीमा एक जना व्यक्ति मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ का ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिए ।

स्थानीयले महराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले उनको हत्या भएको आशंका गरेका छन् । प्रहरी नायब उपरीक्षक पालले मृतकको टाउकोमा चोट लागेको देखिएको बताउँदै घटनास्थल शिल गरेर अनुसन्धान गरिरहेको जनाए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ ।