देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठकमा २ विधेयक पारित गर्ने कार्यसूची

देशान्तर

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूची अगाडि बढाउँदै आएका छन् । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले आजपनि अवरोध कायम राख्ने बताइएको छ ।