देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा लोसपाले संसदीय दलको नेता चयन गर्ने

देशान्तर

काठमाडौँँ – प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसदीय दलको बैठक बस्ने भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आइतबार दिउसो २ बजे जनकपुरधाममा हुने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।

संसदीय दलको बैठक लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा दलको नेता चयन गर्ने आन्तरिक तयारी रहेको प्रदेश सांसद साहले बताए ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को सरकारमा सहभागी हुँदा संसदीय दलको नेतामा जितेन्द्र सोनललाई अघि सारिए पनि दलको नेता थिए ।
तर सोनलकै नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो । अहिले जसपाबाट लोसपा गठन भएपछि संसदीय दलका नेतामा जितेन्द्र सोनललाई चयन गर्ने लोसपाको तयारी रहेको स्रोतले जानकारी दिए ।