म्याग्दी – नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन विस्तार अभियान लिएर वडास्तरको गाउँ–गाउँमा पुगेका छन्। संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नवीकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका विषयमा पार्टीको धारणा बुझाउन नेताहरुले टोल अभियानमा जुटेका हुन्।
शक्ति र विचारमा पार्टीलाई बलियो बनाउन माओवादीले जिल्लाव्यापी सदस्यता नवीकरण, पार्टी र जनवर्गीय संगठन पुनर्गठनसँगै कार्यकर्ता र जनपरिचालनमा जोड दिएर अभियानमा जुटेको जिल्ला इञ्चार्ज गोविन्द पौडेलले बताए।
‘संघीयता, समावेशी, गणतन्त्र, संबिधान जस्ता राजनीतिक उपलब्धी माओवादी आन्दोलनबाट प्राप्त भएको सन्देश लिएर टोल टोलमा पुग्ने कार्यक्रम बनाएका छौँ, उनले भने। कार्यकर्ताहरुको भावना, बिचार, अपेक्षा र गुनासो सुन्ने, समस्या सम्बोधन गर्ने अवसरका रुपमा पनि यो अभियानलाई लिएको धारण व्यक्त गरे।
अभियानका क्रममा जनयुद्धमा सहभागी नेता, कार्यकर्ता, सहिद परिवार र शुभचिन्तकहरुलाई भेट्नुका साथै संगठनमा जोडेर सक्रिय बनाउने नीति लिएका छन्। नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिले जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जालीलाई संयोजक जिम्मेवारी दिएपछि एक नगरपालिका र पाचँ गाउँपालिका रहेको म्याग्दीमा पाटीका नेताहरु र निकट संगठनका नेताहरु गाउँ–गाउँमा पुगेर वडा र टोलस्तरमा संगठन विस्तारलाई ध्यान दिएको बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसीले बताए।





प्रतिक्रिया