देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले विनियोजित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पटाएक छन् ।

प्रतिनिधि सभाको असोज ४ गतेको बैठकबाट पारित भइ राष्ट्रिय सभामा पठाइएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभाबाट बिहीबारको बैठकले पारित गरेपछि प्रमाणीकरणको लागि पठाएको छ ।

राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा प्राप्त भएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बजेट कार्यान्वयनमा आउनेछ ।