काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर पेस भएको ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत विनियोजन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको बताएको छ । यससँगै राजपत्रमा प्रकाशित पछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।
प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच संसदबाट बेलैमा बजेट पारित नहुँदा सरकारले इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ को सामना गरेको थियो ।
बजेट पारित नहुँदा ३० भदौदेखि सरकारले कोषको रकम खर्च गर्न पाएको थिएन । १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फट संसधोन गर्दै वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए । उक्त बजेट प्रमाणीकरण नहुँदा सरकारले ९ दिनसम्म रकम खर्च गर्न पाएको थिएन ।






प्रतिक्रिया