देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास, युवक पक्राउ

देशान्तर

काठमाडौँ – नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच चोर्ने प्रयास गरिएको छ । संग्राहलयमा अवलोकन गर्न गएका एक युवकले श्रीपेच निकाल्ने प्रयास गरेपछि उनलाई हिरासतमा लिइएको हो ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए ।

श्रीपेच निकाल्न खोज्ने घर्तीलाई सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् । संग्रहालयमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो ।

प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिएको छ ।