देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभरको मौसम: आज केही ठाउँमा पानी पर्ने सम्भावना

देशान्तर

काठमाडौं – आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने मौसमी प्रणालीको प्रभाव खासै नपरे पनि स्थानीय वायुको प्रभावका कारण आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो विशेषगरी प्रदेश-१, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अबको केही दिन ठूलो पानी पर्ने लगातार झरी पर्ने सम्भावना नभएको उनले बताए । मनसुन बाहिरिने सङ्केत देखिन थालिसकेको उनले बताए । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेसनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ । यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो ।