देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ह्वावेईकी उच्च अधिकारी रिहा भएलगत्तै चीनद्वारा क्यानडेली नागरिक पनि रिहा

देशान्तर

काठमाडौं – क्यानडाबाट चिनियाँ टेलिकम कम्पनी ह्वावेईकी उच्च अधिकारी शुक्रबार रिहा भएसँगै चीनले पनि दुई क्यानडेली नागरिकलाई रिहा गरेको छ। चीनले सन् २०१८ मा पक्राउ परेका क्यानडेली नागरिकलाई समेत शुक्रबार नै रिहा गरेको हो।

रिहापछि ह्वावेइ कम्पनीका संस्थापककी छोरी एवम् आर्थिक मामिला प्रमुख मेङ वान्जु चीन फिर्ता भएकी छन् भने क्यानडेली नागरिक माइकल कोभ्रिग र माइकल स्पाभोरसमेत स्वदेश फिर्ता भएका छन्।

सन् २०१८ डिसेम्बरमा ठगीको आरोपमा ह्वावेइकी वान्जु अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन्।

वान्जु पक्राउपछि चीन र क्यानडाबीच तनाव उत्पन्न भएको थियो। वान्जु पक्राउ परेपछि चीनले बदलामा दुई क्यानडेली नागरिकलाई पक्राउ गरेको थियो। चीनले लिएको बदलापछि आलोचकहरुले चीनले राजनैतिक बार्गेनिङको लागि निर्दोष नागरिकलाई पक्राउ गरेको आरोप लगाएका थिए।