देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

९५३ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३७१ जना संक्रमणमुक्त

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा सात हजार ५० जनाको पीसीआर र तीन हजार ५२९ जनाको एन्टिजेन परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको सङ्ख्या सात लाख ५९ हजार ८७५ पुगेको छ।