देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो

देशान्तर

काठमाडौँ — काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका- १ घुसेलको वाग्मती नदी किनारमा फेला परेको छ ।

काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विक गत मंगलबार रातिदेखि बेपत्ता थिए ।

प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् । ‘परिवार पुग्दै छ । उताबाट आएको फोटो पछाडिबाट खिचिएको थियो, त्यसैका आधारमा परिवारले उज्ज्वलकै शव भएको भनेका छन्,’

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । टिकाभैरवबाट गएको प्रहरीले पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याउने क्रममा रहेको उनले बताइन् ।