देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्‍थ्यमा १२ औँ तहको बढुवा प्रक्रिया अघि बढ्यो

देशान्तर

काठमाडौं  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ पद (बाह्रौं तह)को बढुवा प्रक्रिया अघि बढाएको छ।

बढुवा समितिले स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको प्रमुख विशेषज्ञ बढुवा प्रक्रिया अघि बढाएको हो। समितिको गत शुक्रबार बसेको बैठकले रिक्त तीन पदमा बढुवा गर्नका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण पेश गर्न भनेको छ।

समितिले स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ ९२० बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्नुपर्ने भएकोले २०७८ असार मसान्तसम्म न्युनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरूले मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्बन्धी व्यक्तिगत फारम डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई १५ दिनभित्र बढुवा शाखामा दर्ता गराउन भनेको छ।

यसअघि मन्त्रालयमा रहेका तीन प्रमुख विशेषज्ञ चिकित्सक रहेकाहरूमध्ये डा रोशन पोखरेल सचिवमा बढुवा भएपछि, महेन्द्र श्रेष्ठ अनिवार्य अवकाश लिइसकेका छन्। जसले गर्दा हाल मन्त्रालयमा एकजना डा दीपेन्द्ररमण सिंह मात्रै प्रमुख विशेषज्ञ चिकित्सक रहेका छन्।

मन्त्रालयका अनुसार हाल अब प्रमुख विशेषज्ञमा बढुवाको रोलक्रममा ज्य्‍ष्ठताका आधारमा हाल व्यवस्थापन महाशाखामा रहेका डा भीमसिंह तिंकरी,नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी,तेस्रो स्थानमा अहिले सार्क क्षयरोग केन्द्रका निर्देशक रहेका डा तारानाथ पोखरेल ,चौथो स्थानमा डा तारानाथ पौडेल छन्। तर, उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको रिटको छिनोफानो भइसकेको छैन्।

पाँचौ स्थानमा हाल राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सिफारिसमा पर्ने अवसर पाउन सक्नेछन् ।