देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैशाखसम्म सबै नेपालीले खोप पाउँछन् : राज्यमन्त्री श्रेष्ठ

देशान्तर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सतप्रतिशत नेपालीले खोप पाउने बताएका छन्। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।

‘कात्तिक महिनासम्म ३३ प्रतिशत नेपालीले खोप लगाई सक्नेछन् भने वैशाखसम्म सतप्रतिशत नेपालीले खोप पाउँछन्,’ उनले भने। सबै नेपालीलाई चाहिने तीन करोड २३ लाख खोपको मात्रा सरकारले सुनिश्चित गरेको मन्त्री श्रेष्ठको दाबी छ।

कार्यक्रममा उनले दसैँलगत्तै बालबालिकाका लागि कोभिड– १९ विरुद्धको खोप आउने पनि बताए। उनका अनुसार बालबालिकाको लागि ल्याइने खोपको एक करोड मात्रामध्ये फाइजर खोपको ६० लाख मात्रा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।